उठेको बस्ती-गजल

बुद्धि मोक्तन
दक्षिण कोरिया

उठेको बस्ती बसाउँछु म आमा !
टुटेको दिल हसाउँछु म आमा !

फुटेको छ नी ,त्यो भाइचारा हाम्रो
बटुली फेरि टसाउँछु म आमा !

लुटेर लागे स्वाभिमानको थैली  
चेताना छरी डसाउँछु म आमा !

बस्तीका बैरी नउम्किउन  भन्न 
नीतिमा टन्न कसाउँछु म आमा!  

फुटेको धर्ती अनाबृष्ट्रि माथी  
जोतेर दाना खसाउँछु म आमा !

सुकेको जीर्ण सदभावको जरा
फुटेर मुल रसाउँछु म आमा !


अज्ञात पाल्पालीका गजलहरु

  
गजल - " पानी चल्दैन किन " -अज्ञात पाल्पाली

कसैको चुल्हो जल्दैन किन ?
कसैको पानी चल्दैन किन ?

जनता झनै थिचिँदै छन
सामन्ती जरा ढल्दैन किन ?

बियोग यस्तो देखेर पनि
निर्दयी मन गल्दैन किन ?

बुद्धको देश अशान्त देख्छु
शान्तिको दियो बल्दैन किन ?

नेपाली हामी नेपाल हाम्रो
मित्रता यहाँ फल्दैन किन ?

अज्ञात पाल्पाली                                                                                                                                                                                                                             

'नेपालमा धार्मिक र जातिय सहिष्णुता'

आज भन्दा निकै समय पहिले नेपालको एकिकरण कर्ता पृथ्वीनारायण शाहले एक दिव्य बोली बोलेका थिए, "नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो" भनेर । तर नेपाल अब यसैमा मात्र सिमित रहेन । यो उक्ती कुन दृष्‍टिकोण र विचारबाट बोलेका थिय ती एक महान राष्ट्र निर्माताले जसले त्यो बेलाको नेपाललाई आजको नेपाल सम्म ल्याइपुर्याउन आफ्नो सम्पुर्ण जिवनकाल युद्दमै समर्पण गरेका थिय । नेपाल अहिले त्यहि अनुरुप अघि बढिरहेको छ तर ठीक विपरित उद्देस्य लिएर अर्थात एकिकरण पूर्वको अवस्था तिर ।

मुटुको रोग हुने कारण र समाधानका केही उपाय

पर्सी आउन लागेको मुटूको चाड ‘भ्यालेन्टाइन डे’ संग लडौं भनेको होइन है, पाठकहरु। भर्खर माया बुन्न लाउनु भएका या मायाले चुम्लुगं डुब्नुभएको भए ढुक्क भएर मुटू जोड्नुहोला। कुरो के भने यो फेब्रररी महिना मुटूकै चाड जस्तो छ। यो महिनालाइ मुटु रोगको जानकारी गराउने महिनाको रुपमा पनि लिइदों रहेछ। अस्ती एउटा भारती पसलमा पर्चामा पढेको थिएं, अमेरीकीलाइ भन्दा भारतीय, नेपाली आदीलाइ मुटुको रोग लाग्ने संभावना ३ गुना बढी हुन्छ रे। कारण के रहेछ भने हामीहरुको रगतमा blood fat triglyceride अत्याधीक र HDL (राम्रो कोलस्ट्रोल) एक्दमै कम हुन्छ रे। हामीहरुलाइ डाइबेटीज हुने संभावना पनि उत्तीकै हुन्छ रे। यो त भयो हाम्रो रगतको दोष। अर्को हाम्रो दोष के छ भने जागिरमा बाहेक कसरत गर्ने भनेको भर्‍याङ उक्लनु मात्रै हो। एलिभेटर छ भने या ग्राउन्ड फ्लोरमा बस्ने भए त्यो पनि चाहीएन। बिदेशमा सस्तो मासु र बियर, त्यो पनि छोड्ने कुरो भएन। बिदेश आए पछि तपाइ या तपाइका साथहरुले कति वजन थप्नु भएको छ? प्राय सबैले, होइन त? अब भन्नुहोस त अब मुटूको रोग लाग्ने संभावना कती छ हामीलाइ? ६ गुना त पक्कै होला?

तपस्वी रामबहादुर बम्जन ६ जेठमा सार्वजनिक हुने ।

बाराको हलखोरिया जंगलमा विगत ६ वर्षदेखि 'तपस्यारत' तपस्वी रामबहादुर बम्जन ६ जेठ, शुक्रबार सार्वजनिक हुने भएका छन् । उनले सार्वजनिक भएपछि १५ दिनसम्म महादर्शन एवम् ऐतिहासिक महाप्रणिधान वाचन गर्ने बताइएको छ ।  बोधी श्रवण धर्म संघले तपस्यास्थल रतनपुरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । 

परेली झिम्काईबाट थाहा हुन्छ व्यक्तित्वको रहस्य

भनिन्छ आंखा हृदयको ऐना हो । कुनैपनि व्यक्तिको हृदयको हाल उसका आंखाले बताएको हुन्छ । सांच्ची भन्ने हो भने जस्ले आंखालाई पढन जान्दछन उसले कसैको पनि हृदयको हाल सजिलैसंग सम्झन सक्छन् । आंखाको भाषा पढन त धेरैले जानेका हुन्छन तर तपाई त्यस्ता कति जना मानिसलाई जान्नुहुन्छ जो आंखाका परेला झिम्काउने तरिकाबाट उसको स्वभावलाई बताउन सक्छन् । तर ज्योतिष विज्ञानमा यो पनि संभव छ । आउनोस हामीले पनि जानौं आंखाका परेला झिम्काईबाट उस्को व्यक्तित्वको रहस्य … ।