![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEioy6mAQgOrirMYiN4WQFPlQZzfCkM4kIOmRJCQn3ETrE0AUujIY4FAQFRctFE360J3c-pd_jPiPA613G0dNhxkmuhdJmjmyq0cgIDru8RluEKyEkKoQsLit-Aui65YJ3weVFUALTnT5UI/s320/aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaadev+basu123.jpg)
कसैको चुल्हो जल्दैन किन ?
कसैको पानी चल्दैन किन ?
जनता झनै थिचिँदै छन
सामन्ती जरा ढल्दैन किन ?
बियोग यस्तो देखेर पनि
निर्दयी मन गल्दैन किन ?
बुद्धको देश अशान्त देख्छु
शान्तिको दियो बल्दैन किन ?
नेपाली हामी नेपाल हाम्रो
मित्रता यहाँ फल्दैन किन ?
अज्ञात पाल्पाली
गजल - " मर्यो भन्दै हिड्छौ अरे
आज को कमाई जस्ता को तस्तै यो गजल -
" मर्यो भन्दै हिड्छौ अरे "
मर्यो भन्दै हिड्छौ अरे मरे छैन तर म त
झर्यो भन्दै हिड्छौ अरे झरे छैन तर म त
मैले साथ छोडे पछि यात्रा अन्तै मोडे पछि
बिच पर्यो सम्झे हौली परे छैन तर म त
एकै क्षण नदेख्दैमा केहि दिन नभेट्दै मा
बासै सरे जस्तो लाग्ला सरे छैन तर म त
दिएँ बरु सबै चिज लिए छैन केहि कतै
सबै हर्यो भने पनि हरे छैन तर म ततिमी लाई लाग्ला फेरि डराएर टाढा भयो
कहिल्यै नि तिमी सँग डरे छैन तर म त
अज्ञात पाल्पाली
गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली
अब त नेताहरु लाई केहि नभनु भनेको आज फेरि मन मानेन यसरी सुरु गरेँ
गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली
तिमीहरु भोज गर्ने, खुरापाती नेताहरु
हामी भने भोकै मर्ने ,खुरापाती नेताहरु
संबिधान लेख्छौ भनी, फेरि थप्यौ म्याद अझैं
कति दिन भर पर्ने, खुरापाती नेताहरु
हाम्रै पैसा बाट लत्ता, हाम्रै पैसा बाट भत्ता
सधैं आफ्नै खल्ती भर्ने, खुरापाती नेताहरु
जनताका अधिकार, लुटी सक्यौ खुशी सबै
जनताको खुशी हर्ने, खुरापाती नेताहरु
निमुखाका कुरा गर्छौ, महलमा बास सर्छौ
महलमा बास सर्ने, खुरापाती नेताहरु
अज्ञात पाल्पाली
गजल - " खुरापाती नेताहरु " -अज्ञात पाल्पाली
तिमीहरु भोज गर्ने, खुरापाती नेताहरु
हामी भने भोकै मर्ने ,खुरापाती नेताहरु
संबिधान लेख्छौ भनी, फेरि थप्यौ म्याद अझैं
कति दिन भर पर्ने, खुरापाती नेताहरु
हाम्रै पैसा बाट लत्ता, हाम्रै पैसा बाट भत्ता
सधैं आफ्नै खल्ती भर्ने, खुरापाती नेताहरु
जनताका अधिकार, लुटी सक्यौ खुशी सबै
जनताको खुशी हर्ने, खुरापाती नेताहरु
निमुखाका कुरा गर्छौ, महलमा बास सर्छौ
महलमा बास सर्ने, खुरापाती नेताहरु
अज्ञात पाल्पाली
गजल - " गुण्डा सँग तिम्ले किन ।। "
गजल - " गुण्डा सँग तिम्ले किन ।। "
गुण्डा सँग तिम्ले किन साँठगाँठ गर्छौ नेता
उच्च राख छवि आफ्नो किन तल झर्छौ नेता
राजनेता बन्न सिक तिम्रो जिम्मा हामी लिन्छौं
दुई झाप्पु मात्रै न हो कति सार्है डर्छौ नेता
भोट माग्ने बेला भने सर्बहारा हुँ म भन्छौ
जितीसके पछी भने महलमा सर्छौ नेता
सधैं भरि खुरापाती चल्ने छैन सोँच्दै गर
त्यसैले त पार्टी भित्रै विवादमा पर्छौ नेता
शाहिदको सपनामा जनताको भावनामा
खेलवाड गर्यौ भने अकालमै मर्छौ नेता
अज्ञात पाल्पाली
गुण्डा सँग तिम्ले किन साँठगाँठ गर्छौ नेता
उच्च राख छवि आफ्नो किन तल झर्छौ नेता
राजनेता बन्न सिक तिम्रो जिम्मा हामी लिन्छौं
दुई झाप्पु मात्रै न हो कति सार्है डर्छौ नेता
भोट माग्ने बेला भने सर्बहारा हुँ म भन्छौ
जितीसके पछी भने महलमा सर्छौ नेता
सधैं भरि खुरापाती चल्ने छैन सोँच्दै गर
त्यसैले त पार्टी भित्रै विवादमा पर्छौ नेता
शाहिदको सपनामा जनताको भावनामा
खेलवाड गर्यौ भने अकालमै मर्छौ नेता
अज्ञात पाल्पाली
गजल- विष पिइ मर्छु बरु
गजल - "विष पिइ मर्छु बरु " अज्ञात पाल्पाली
मिसरा -तिमी लाई/ साथ दिन/ जस्तै दु:ख/ गर्छु बरु
काफिया - गर्छु
रफिद - बरु
लय - ४+४+४+४= १६
तिमी लाई साथ दिन जस्तै दु:ख गर्छु बरु
यदि छोडी गयौ भने विष पिइ मर्छु बरु
फुल बनी फुली दिन्छु चुमे चुम्ला भमराले
पतेरोले छुन खोजे त्यति बेलै झर्छु बरु
सबै भन्दा प्यारो लाग्ने जन्म ठाउँ भए पनि
जन्म ठाउँ छोडी दिन्छु बास त्यतै सर्छु बरु
आँधी हुरि बतासको डर छैन जङ्घार को
जङ्घार नै मात्रै किन सागर नै तर्छु बरु
भगवान मानी मैले पुजा गर्छु तिमी लाई
भक्त बन्छु सधैं तिम्रो शरणमा पर्छु बरु
अज्ञात पाल्पाली
मिसरा -तिमी लाई/ साथ दिन/ जस्तै दु:ख/ गर्छु बरु
काफिया - गर्छु
रफिद - बरु
लय - ४+४+४+४= १६
तिमी लाई साथ दिन जस्तै दु:ख गर्छु बरु
यदि छोडी गयौ भने विष पिइ मर्छु बरु
फुल बनी फुली दिन्छु चुमे चुम्ला भमराले
पतेरोले छुन खोजे त्यति बेलै झर्छु बरु
सबै भन्दा प्यारो लाग्ने जन्म ठाउँ भए पनि
जन्म ठाउँ छोडी दिन्छु बास त्यतै सर्छु बरु
आँधी हुरि बतासको डर छैन जङ्घार को
जङ्घार नै मात्रै किन सागर नै तर्छु बरु
भगवान मानी मैले पुजा गर्छु तिमी लाई
भक्त बन्छु सधैं तिम्रो शरणमा पर्छु बरु
अज्ञात पाल्पाली
Friday, May 6, 2011
गजल:-मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४
प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ
तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै
हाम्रो भेट गराउने काल थाहा पाउँ
अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ
मौका फेरि आउँदैन जाने भए जाउँ
नबोलेर बस्छौ किन चाल थाहा पाउँ
अज्ञात पाल्पाली
काफिया: छाल
रदिफ: थाहा पाउँ
लय: मुटुभित्र/उर्लिएको//छाल थाहा/पाउँ
४+४+४+२=१४
प्रिय तिमी जन्मिएको साल थाहा पाउँ
सन्चै छौ की बिसन्चो छौ हाल थाहा पाउँ
तिमी लाई भेट्न पाएँ खुशी लाग्यो धेरै
हाम्रो भेट गराउने काल थाहा पाउँ
अधरमा लाली देखेँ सोध्न मन लाग्यो
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ
मादलको ताल संगै सार्है राम्रो नाँच्यौ
तिमी नाँच्ने मादलको ताल थाहा पाउँ
मौका फेरि आउँदैन जाने भए जाउँ
नबोलेर बस्छौ किन चाल थाहा पाउँ
अज्ञात पाल्पाली
Friday, April 22, 2011
गजल - " नेता लाई हानौं एक चड्कन फेरि " - अज्ञात पाल्पाली
गजल - " नेता लाई हानौं एक चड्कन फेरि " - अज्ञात पाल्पाली
गजल जस्तो बनेको भए पनि नेपालका नेता हरुले गर्ने गरे का काम कुरा हरु लाई यसरी पोख्ने कोशिस गरेँ शायद हरु पनि सहमत हुनुहुन्छ की ?
काफिया - कमाउन
रफिद- खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
लय - भ्रष्टाचार/ गरी गरी / मोटो रकम/ कमाउन/ खोज्ने नेता लाई/ हानौं एक/ चड्कन फेरि
४+४+५+४+६+४+५=३२
भ्रष्टाचार गरी गरी , मोटो रकम कमाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
सर्बहारा हुँ म भन्दै, ठुला महल बनाउन , खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
यता कोहि भोकै छन, बिरामी हुँदा पैसा छैन, कठै बरा भन्दै, सघाउने मानिस छैन
उता सधैं पाँचतारे मा, प्रिती भोज मनाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
जनता को कर बाट, तलब भत्ता खाने अनी, जनताकै काम गर्न, छोडी बिदेश जाने
नेपालीको पैसा सकी, भ्रमण गर्दै रमाउन , खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
घर दैलो पुगी पुगी, मागेका थियौ भोट तिम्ले, संबिधान लेख्छौ भनी, बिर्सियौ की के हो खै ?
भाखा मात्रै सारी सारी, आफ्नै शासन थमाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
शहिद ले हाँसी हाँसी, रगत दिए हाम्रो लागि, तर तिमी हरु ले त, पानी सम्झी बगाई दियौ
रगत र पसिना को, फाईदा आफै समाउन, खोज्ने नेता लाई, हानौं एक चड्कन फेरि
अज्ञात पाल्पाली
Wednesday, April 20, 2011
घायलको तरही मुसायरा-२'
गजल: सुवाश श्रेष्ठ
मिसरा: अत्याचारको पीडाभित्र पसी हेर कस्तो हुन्छ
काफिया: पसी
रदिफ: हेर कस्तो हुन्छ
अत्याचारको /पीडाभित्र //पसी हेर /कस्तो हुन्छ
लय: ५+४+४+४=१७
नेपाली एकता को डोरी कसी हेर कस्तो हुन्छ
ममता अनि मित्रता मा फसी हेर कस्तो हुन्छ
रगत सबै को रातो हुन्छ प्राण पनि उस्तै नै
जात मा ठुलो सानो लेख्ने मसी हेर कस्तो हुन्छ
पसिना को भेल सधै नै दुई छाक टार्न लाई
पसिना माथि धुलो मैलो घसी हेर कस्तो हुन्छ
भ्रष्टचार गरि गरि सुख सयल गर्ने हरु
महल छोडी झुपडि मा बसी हेर कस्तो हुन्छ
खुशी हुँदै तिमी किन अरु लाई दमन गर्छौ
अत्याचार को पीडा भित्र पसी हेर कस्तो हुन्छ
ममता अनि मित्रता मा फसी हेर कस्तो हुन्छ
रगत सबै को रातो हुन्छ प्राण पनि उस्तै नै
जात मा ठुलो सानो लेख्ने मसी हेर कस्तो हुन्छ
पसिना को भेल सधै नै दुई छाक टार्न लाई
पसिना माथि धुलो मैलो घसी हेर कस्तो हुन्छ
भ्रष्टचार गरि गरि सुख सयल गर्ने हरु
महल छोडी झुपडि मा बसी हेर कस्तो हुन्छ
खुशी हुँदै तिमी किन अरु लाई दमन गर्छौ
अत्याचार को पीडा भित्र पसी हेर कस्तो हुन्छ
घायलको तरही मुसायरा-३
गजल: अनुराग अधिकारी "अनुरागी मन"
मिसरा: यो डालीको थुँगा टिपी, कुन् डालीमा सार्यौ भन
काफिया = सार्यौ
रदिफ = भन
यो डालीको /थुँगा टिपी//कुन् डालीमा /सार्यौ भन
लय: ४+४+४+४=१६
सबै लाई नमस्कार ! मेरो पनि सहभिगिता यसरी प्रस्तुत गरे कालो सेतो कस्तो छ हजुर हरु को नै जिम्मा ...
मिठो साथ दिदा दिदै माया किन मार्यौ भन
पर्ख पर्ख भनी भनी भर किन पार्यौ भन
म त त्यता आउदिन बेसि तिर झर भन्यौ
भेट्ने मन थिएन त बेसि किन झार्यौ भन
बसे बस्छु गए जान्छु मेरो ईच्छा भन्दै थियौ
गएछौ त आखिर मा कुरा किन टार्यौ भन
मगमग बसाउदै डाली भरि फुल्दा फुल्दै
यो डालीको थुँङा टिपी कुन् डालीमा सार्यौ भन
धाक दिने तिम्रो बानी चुरीफुरी निकै गर्थ्यौ
सबै लाई जित्छु भन्थ्यौ आफै किन हार्यौ भन
अज्ञात पाल्पाली
मिठो साथ दिदा दिदै माया किन मार्यौ भन
पर्ख पर्ख भनी भनी भर किन पार्यौ भन
म त त्यता आउदिन बेसि तिर झर भन्यौ
भेट्ने मन थिएन त बेसि किन झार्यौ भन
बसे बस्छु गए जान्छु मेरो ईच्छा भन्दै थियौ
गएछौ त आखिर मा कुरा किन टार्यौ भन
मगमग बसाउदै डाली भरि फुल्दा फुल्दै
यो डालीको थुँङा टिपी कुन् डालीमा सार्यौ भन
धाक दिने तिम्रो बानी चुरीफुरी निकै गर्थ्यौ
सबै लाई जित्छु भन्थ्यौ आफै किन हार्यौ भन
अज्ञात पाल्पाली
घायलको तरही मुसायरा-४
गजल: सुमित्रा पौडेल
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६
दु:ख सम्झी सुख हरु लुकाएर रुन्न आमा
पराइ ले सुन्ने डाको फुटाएर रुन्न आमा
हाँसी हाँसी बाँच्छु म त अर्को जूनी कहाँ मिल्छ
गह भरि आँशु हरु सुकाएर रुन्न आमा
जस्तै चोट सहने छु तर अरु कसै संग
यो मन को पीर ब्यथा फुकाएर रुन्न आमा
रिस राग छैन कतै सुखै सुख जाता ततै
कुटु कुटु आफ्नै मुटु दुखाएर रुन्न आमा
हजुर कै सेवा गर्छु हजुर कै लागि लड्छु
बैरि सामु शिर मैले झुकाएर रुन्न आमा
मिसरा: यो मनको पिर ब्यथा फुकाएर रुन्न आमा
काफिया: फुकाएर
रदिफ: रुन्न आमा
यो मनको /पिर ब्यथा //फुकाएर /रुन्न आमा
लय: ४+४+४+४=१६
दु:ख सम्झी सुख हरु लुकाएर रुन्न आमा
पराइ ले सुन्ने डाको फुटाएर रुन्न आमा
हाँसी हाँसी बाँच्छु म त अर्को जूनी कहाँ मिल्छ
गह भरि आँशु हरु सुकाएर रुन्न आमा
जस्तै चोट सहने छु तर अरु कसै संग
यो मन को पीर ब्यथा फुकाएर रुन्न आमा
रिस राग छैन कतै सुखै सुख जाता ततै
कुटु कुटु आफ्नै मुटु दुखाएर रुन्न आमा
हजुर कै सेवा गर्छु हजुर कै लागि लड्छु
बैरि सामु शिर मैले झुकाएर रुन्न आमा
" घायलको तरही मुसायारा भाग -५
नव बर्ष २०६८ को पावन अवसरमा सम्पुर्ण साथी हरु लाई हार्दिक मंगलमय शुभ कामना अर्पण गर्दै " घायलको तरही मुसायारा भाग -५ " को लागि मेरो गजल हजुर हरु लाई !
गजल: भगवती बस्नेत
मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६
मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी
बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी
अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी
कमजोर छैनौ हामी भन्ने कुरा देखाउन
कुनै पनि समयमा छुट्नुहुन्न अब नारी
चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
गजल: भगवती बस्नेत
मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै //झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६
मर्दले लोभ्याउदै मा चुक्नुहुन्न अब नारी
परिआए लड्नु पर्छ लुक्नुहुन्न अब नारी
बाँध बाँधी राख्न खोजे छाल बनी उर्ली दिउँ
खहरेको भेल जस्तै सुक्नुहुन्न अब नारी
अरु ले फाईदा लिए आपस मा फुट्दा हामी
मिलौं हामी आपस मा फुट्नुहुन्न अब नारी
कमजोर छैनौ हामी भन्ने कुरा देखाउन
कुनै पनि समयमा छुट्नुहुन्न अब नारी
चुल्हो चौका गर्नु अनि गोडा मोल्नु पर्छ भन्ने
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
घायलको तरही मुसायरा-६
घायलको तरही मुसायरा-६
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
सके सम्म पीर पार्ने गजल अब लेख्दिन भो
पढ्दा पढ्दै आशै मार्ने गजल अब लेख्दिन भो
उस्को भन्दा राम्रो लेख्छु तिम्रो भन्दा मिठो लेख्छु
तरही मा सधैं हार्ने गजल अब लेख्दिन भो
मेरो पनि सह यात्रा घायलको प्रयास मा
जसो तसो झारा टार्ने गजल अब लेख्दिन भो
जन्म मेरो नेपाल मा तर कर्म मुग्लानी मा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
जिन्दगी का सानातीना दु:ख सुख लेख्छु तर
मोती दाना आँशु झार्ने गजल अब लेख्दिन भो
अज्ञात पाल्पाली
गजल: जितेन्द्र मल्ल
मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
सके सम्म पीर पार्ने गजल अब लेख्दिन भो
पढ्दा पढ्दै आशै मार्ने गजल अब लेख्दिन भो
उस्को भन्दा राम्रो लेख्छु तिम्रो भन्दा मिठो लेख्छु
तरही मा सधैं हार्ने गजल अब लेख्दिन भो
मेरो पनि सह यात्रा घायलको प्रयास मा
जसो तसो झारा टार्ने गजल अब लेख्दिन भो
जन्म मेरो नेपाल मा तर कर्म मुग्लानी मा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
जिन्दगी का सानातीना दु:ख सुख लेख्छु तर
मोती दाना आँशु झार्ने गजल अब लेख्दिन भो
अज्ञात पाल्पाली
गजल - " बात हुन्न कहिल्यै पनि " अज्ञात पाल्पाली
सपनी मा नदेखेको रात हुन्न कहिल्यै पनि
बिपनी मा भेट हुन्छ बात हुन्न कहिल्यै पनि
मन पर्छ माया लाग्छ मायालु को जात एउटै
पिरती मा सानो ठुलो जात हुन्न कहिल्यै पनि
सिरसिरे हावा चल्यो त्यहि बेला पात हल्लियो
हावा चल्दा नहल्लिने पात हुन्न कहिल्यै पनि
नशा रैछ प्रेम पनि मात लागे झैं लठ्याउछ
नशा बिना लठ्याउने मात हुन्न कहिल्यै पनि
माया भन्नु बिश्वास हो जीवन भन्नु साथ रैछ
यति साँचो बिश्वास मा घात हुन्न कहिल्यै पनि
अज्ञात पाल्पाली
सपनी मा नदेखेको रात हुन्न कहिल्यै पनि
बिपनी मा भेट हुन्छ बात हुन्न कहिल्यै पनि
मन पर्छ माया लाग्छ मायालु को जात एउटै
पिरती मा सानो ठुलो जात हुन्न कहिल्यै पनि
सिरसिरे हावा चल्यो त्यहि बेला पात हल्लियो
हावा चल्दा नहल्लिने पात हुन्न कहिल्यै पनि
नशा रैछ प्रेम पनि मात लागे झैं लठ्याउछ
नशा बिना लठ्याउने मात हुन्न कहिल्यै पनि
माया भन्नु बिश्वास हो जीवन भन्नु साथ रैछ
यति साँचो बिश्वास मा घात हुन्न कहिल्यै पनि
अज्ञात पाल्पाली
गजल - " पराइ ठान्दैनान् पाल्पाली ले" - अज्ञात पाल्पाली
गजल - " पराइ ठान्दैनान् पाल्पाली ले" - अज्ञात पाल्पाली
को हो आफ्नो को पराइ ठान्दैनन् पाल्पालीले
नजिक र टाढा भन्दै छान्दैनन् पाल्पालीले
सबै जति आपस मा मिलिजुली बस्छन
जात भात रंग भेद मान्दैनन् पाल्पालीले
मिठो बोल्छन सधैं नै गर्दैनन् तितो कुरा
कसै सँग रुखो बोल्न जान्दैनन् पाल्पालीले
सुख शान्ति प्रगती को गर्छौ सधैं कामना
कसैको खुट्टा कहिल्यै तान्दैनन् पाल्पालीले
मेची कालि हाम्रै घर नेपाली हाम्रो थर
म पहाडी तँ मधेसी भन्दैनन् पाल्पालीले
अज्ञात पाल्पाली
को हो आफ्नो को पराइ ठान्दैनन् पाल्पालीले
नजिक र टाढा भन्दै छान्दैनन् पाल्पालीले
सबै जति आपस मा मिलिजुली बस्छन
जात भात रंग भेद मान्दैनन् पाल्पालीले
मिठो बोल्छन सधैं नै गर्दैनन् तितो कुरा
कसै सँग रुखो बोल्न जान्दैनन् पाल्पालीले
सुख शान्ति प्रगती को गर्छौ सधैं कामना
कसैको खुट्टा कहिल्यै तान्दैनन् पाल्पालीले
मेची कालि हाम्रै घर नेपाली हाम्रो थर
म पहाडी तँ मधेसी भन्दैनन् पाल्पालीले
अज्ञात पाल्पाली
गजल -\"तिम्रै लागि मर्छु म त \"-अज्ञात पाल्पाली
गजल -\"तिम्रै लागि मर्छु म त \"-अज्ञात पाल्पाली
यदि मान्छे मार्न परे तिमी लाई मार्छु म त
यदि म नि मर्न परे तिम्रै लागी मर्छु म त
प्रेम युद्द लड्ने छु म जुनि भरि तिमी संग
तिमीले नै जिते जित केही छैन हार्छु म त
दुबै मिले प्रिती फुल्छ दुनियाले के के भन्छ
तिम्रो लागि पर्छ भने सबै त्याग गर्छु म त
को पराई को आफन्त सबै छोडि आउने छु
अन्त बास सार्न परे तिम्रै गाउँ सर्छु म त
सधै सधै खुसी दिन्छु अनि संगै चोखो माया
रमाउदै नाँच तिमी हाँसी हाँसी हेर्छु म त
अज्ञात पाल्पाली
यदि मान्छे मार्न परे तिमी लाई मार्छु म त
यदि म नि मर्न परे तिम्रै लागी मर्छु म त
प्रेम युद्द लड्ने छु म जुनि भरि तिमी संग
तिमीले नै जिते जित केही छैन हार्छु म त
दुबै मिले प्रिती फुल्छ दुनियाले के के भन्छ
तिम्रो लागि पर्छ भने सबै त्याग गर्छु म त
को पराई को आफन्त सबै छोडि आउने छु
अन्त बास सार्न परे तिम्रै गाउँ सर्छु म त
सधै सधै खुसी दिन्छु अनि संगै चोखो माया
रमाउदै नाँच तिमी हाँसी हाँसी हेर्छु म त
अज्ञात पाल्पाली
गजल -\"सानु भनि बोलाउछु है \"- अज्ञात पाल्पाली
गजल -\"सानु भनि बोलाउछु है \"- अज्ञात पाल्पाली
चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है
नदेखे पनि माया लाग्छ टाढा पनि साथी हुन्छ
तस्बिर त छैन तिम्रो सम्झिएर टोलाउछु है
थकाई मेट्ने चौतारी मा पिडा मेट्ने बह पोखि
सुन्छौ भनि मेरो कथा तिमीलाई सुनाउछु है
घरै छोडेर हिंडे पछि भत्क्यो होला मेरो घर
साथ देउ तिमी पनि नया घर बनाउछु है
तिम्रो बसाई कहाँ होला कति खोजे भेटे छैन
कुनै दिन भेटे भने मेरो बस्ती चिनाउछु है
चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है
अज्ञात पाल्पाली
चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है
नदेखे पनि माया लाग्छ टाढा पनि साथी हुन्छ
तस्बिर त छैन तिम्रो सम्झिएर टोलाउछु है
थकाई मेट्ने चौतारी मा पिडा मेट्ने बह पोखि
सुन्छौ भनि मेरो कथा तिमीलाई सुनाउछु है
घरै छोडेर हिंडे पछि भत्क्यो होला मेरो घर
साथ देउ तिमी पनि नया घर बनाउछु है
तिम्रो बसाई कहाँ होला कति खोजे भेटे छैन
कुनै दिन भेटे भने मेरो बस्ती चिनाउछु है
चिनाजानी त छैन हाम्रो के भनेर बोलाउँ खै
नाम तिम्रो जे भए नि सानु भनि बोलाउछु है
अज्ञात पाल्पाली
गजल - \"डेरा सर्न मन लाग्यो \"-अज्ञात पाल्पाली बासु
गजल - \"डेरा सर्न मन लाग्यो \"-अज्ञात पाल्पाली बासु- दक्षिण कोरिया
खोला पारी छौ रे तिमी आज तर्न मन लाग्यो
तिम्रो घर को छेउ मै डेरा सर्न मन लाग्यो
नियालेर हेर्दै जाँदा मैले खाली ठाउँ देखेँ
सिउदो रै छ त्यो त सिन्दुर भर्न मन लाग्यो
जिउन जाने जीवन स्वोर्ग जस्तो हो भन्छन
तिमी म सँगै जिउने बाचा गर्न मन लाग्यो
माया भन्ने चिज लाई खोज्दै जता जतै गएँ
अलि माथि गए छु म तल झर्न मन लाग्यो
बाँच्दा संगै बाँच्न पाए जीवन सार्थक हुन्छ
तिम्रो धडकन मर्दा संगै मर्न मन लाग्यो
अज्ञात पाल्पाली
खोला पारी छौ रे तिमी आज तर्न मन लाग्यो
तिम्रो घर को छेउ मै डेरा सर्न मन लाग्यो
नियालेर हेर्दै जाँदा मैले खाली ठाउँ देखेँ
सिउदो रै छ त्यो त सिन्दुर भर्न मन लाग्यो
जिउन जाने जीवन स्वोर्ग जस्तो हो भन्छन
तिमी म सँगै जिउने बाचा गर्न मन लाग्यो
माया भन्ने चिज लाई खोज्दै जता जतै गएँ
अलि माथि गए छु म तल झर्न मन लाग्यो
बाँच्दा संगै बाँच्न पाए जीवन सार्थक हुन्छ
तिम्रो धडकन मर्दा संगै मर्न मन लाग्यो
अज्ञात पाल्पाली
गजल -\"सपनीमा देखेँ तिमीलाई \"
गजल -\"सपनीमा देखेँ तिमीलाई \"-अज्ञात पाल्पाली
आज राति सपनी मा देखेँ तिमीलाई
आधि रात ब्युँझी पत्र लेखेँ तिमीलाई
कसम थियो संगै बस्ने छुट्नु परेछ
छोडी जान खोज्दै थियौ छेकेँ तिमीलाई
बिपनी मा भेट हुन्न सपनी मा हुन्छ
सपनी मै पिडा सबै पोखेँ तिमीलाई
बिछोड ले यो मन सधैं पोली रहेछ
एकै छिन भए पनि बोकेँ तिमीलाई
सुख दु:ख कुरा गर्दै रिसायौ तिमी त
म त जान्छु भन्दै हिड्यौ रोकेँ तिमीलाई
अज्ञात पाल्पाली
आज राति सपनी मा देखेँ तिमीलाई
आधि रात ब्युँझी पत्र लेखेँ तिमीलाई
कसम थियो संगै बस्ने छुट्नु परेछ
छोडी जान खोज्दै थियौ छेकेँ तिमीलाई
बिपनी मा भेट हुन्न सपनी मा हुन्छ
सपनी मै पिडा सबै पोखेँ तिमीलाई
बिछोड ले यो मन सधैं पोली रहेछ
एकै छिन भए पनि बोकेँ तिमीलाई
सुख दु:ख कुरा गर्दै रिसायौ तिमी त
म त जान्छु भन्दै हिड्यौ रोकेँ तिमीलाई
अज्ञात पाल्पाली
गजल -\" आज ज्युँदै मर्नु पर्यो \" अज्ञात पाल्पाली
गजल -\" आज ज्युँदै मर्नु पर्यो \" अज्ञात पाल्पाली
पिरती ले गर्नु गर्यो आज ज्यूँदै मर्नु पर्यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्यो
हाम्रो नाता भमरा र फुल जस्तै हुन्छ भन्दै
आफु भने उडी गई म फुल झै झर्नु पर्यो
झुठो माया गर्ने ले बाचा धेरै गर्दा रैछन
उनकै कारण आज बसाई नै सर्नु पर्यो
सुख दु:ख बिपत्तीमा साथ दिने साथी खोजेँ
बिपत्ती को जंघार मा आज एक्लै तर्नु पर्यो
पिरती ले गर्नु गर्यो आज ज्युँदै मर्नु पर्यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्यो
अज्ञात पाल्पाली
पिरती ले गर्नु गर्यो आज ज्यूँदै मर्नु पर्यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्यो
हाम्रो नाता भमरा र फुल जस्तै हुन्छ भन्दै
आफु भने उडी गई म फुल झै झर्नु पर्यो
झुठो माया गर्ने ले बाचा धेरै गर्दा रैछन
उनकै कारण आज बसाई नै सर्नु पर्यो
सुख दु:ख बिपत्तीमा साथ दिने साथी खोजेँ
बिपत्ती को जंघार मा आज एक्लै तर्नु पर्यो
पिरती ले गर्नु गर्यो आज ज्युँदै मर्नु पर्यो
आँखा लाई गार्हो भयो आज के के हेर्नु पर्यो
अज्ञात पाल्पाली
गजल -\" सत्ता मोह लाए पछि \"- अज्ञात पाल्पाली
गजल -\" सत्ता मोह लाए पछि \"- अज्ञात पाल्पाली
जे बोल्दा हुदो रैछ पागल पन आए पछि
देश बिगार्दा रैछन सत्ता मोह लाए पछि
बाचा पुरा गर्न सिक नेता भन्ने मान्छे हरु
राम्रो गर्न सक्नु पर्छ ठुलो भत्ता खाए पछि
गरीब ले दु:ख गरे तिमी लाई मोज मस्ती
सबै कुरा बिर्सी सक्यौ चिल्लो गाडी पाए पछि
जनता कै कुरा गर्ने जनता कै ढाड भाँच्ने
जे गरे नि हुदो रैछ आँध्यरो ले छाए पछि
जता काफल पाक्यो तेतै चरी नाँच्द रैछन
मान्छे पनि उस्तै नाँचे क्रान्ति गीत गाए पछि
bhadhai 6 basu sir
ReplyDelete