उठेको बस्ती-गजल

बुद्धि मोक्तन
दक्षिण कोरिया

उठेको बस्ती बसाउँछु म आमा !
टुटेको दिल हसाउँछु म आमा !

फुटेको छ नी ,त्यो भाइचारा हाम्रो
बटुली फेरि टसाउँछु म आमा !

लुटेर लागे स्वाभिमानको थैली  
चेताना छरी डसाउँछु म आमा !

बस्तीका बैरी नउम्किउन  भन्न 
नीतिमा टन्न कसाउँछु म आमा!  

फुटेको धर्ती अनाबृष्ट्रि माथी  
जोतेर दाना खसाउँछु म आमा !

सुकेको जीर्ण सदभावको जरा
फुटेर मुल रसाउँछु म आमा !


No comments:

Post a Comment

malai man paryo