बाराको हलखोरिया जंगलमा विगत ६ वर्षदेखि 'तपस्यारत' तपस्वी रामबहादुर बम्जन ६ जेठ, शुक्रबार सार्वजनिक हुने भएका छन् । उनले सार्वजनिक भएपछि १५ दिनसम्म महादर्शन एवम् ऐतिहासिक महाप्रणिधान वाचन गर्ने बताइएको छ । बोधी श्रवण धर्म संघले तपस्यास्थल रतनपुरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । प्रवचन सम्पन्न गराउन, तपस्वी बस्ने मञ्च, जंगलमा लाग्ने हाट बजार व्यवस्थापन, खानेपानी, स्वास्थ्य शिविरलगायतका सम्पूर्ण कार्यहरू अन्तिम चरणमा पुगेको संघका अध्यक्ष लामाले पत्रकारहरूलाई जानकारी गराए । २०६२ जेठ ३ गतेदेखि 'निराहार' तपस्यामा बसेका बम्जन ठीक ६ वर्षपछि सार्वजनिक हुन लागेका हुन् । उनले तपस्या सुरु गर्नुपूर्व नै आफू ६ वर्ष तपस्यामा बस्ने बताएका थिए ।
No comments:
Post a Comment
malai man paryo