फिल्म फेस्टिभलमा छानिए नेपाली सिनेमा

नेपाल र लिथुवानीयाँबीचको साँस्कृतिक आदानप्रदानको क्रममा भैरहकेको सिने महोत्सवमा वर्ष २०६७ मा रिलिज भएका तीन नेपाली सिनेमाहरु छानिएका छन् । किशोर राना, लक्ष्मीनाथ शर्मा र रमेश बुढाथोकी रहेको जुरी टोलीले नेपालका तीन सिनेमा र एक डकुमेन्ट्री छानेको हो ।

छानीएका तीन चलचित्रहरु 'बाटोमुनिको फूल', 'पटाचारा' र 'दासढुङ्गा' हुन् भने नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर राखेर 'एडभेन्चर एन्ड एट्रेक्सन इन नेपाल' नामक डकुमेन्ट्रि पनि छनौट भएको छ । 'बाटोमुनिको फूल'मा जातीय विभेदमा अस्विकृत हुने प्रेम लगायतका पारिवारिक सम्बन्धका कुरा छन् । चलचित्रमा यशकुमार नायकका रुपमा देखिएका छन् जसलाई छुवाछुतले पिरोलेको हुन्छ ।


यसैगरी आजभन्दा १५ वर्षअगाडि घटेको राजनीतिक घटनालाई आधार बनाएर बनाइएको चलचित्र 'दासढुङ्गा' छनौट समितिको आँखामा परेको छ भने बौद्ध धर्ममा आधारित 'पटाचारा' छनौट भएको अर्को सिनेमा हो । 'यी चारवटै सिनेमाले नेपालको विशेष खालको सामाजिक, धार्मिक र राजनीतिक कुरा समेटेकाले यिनैलाई छनौट गरेका हौँ' निर्णायक समितिका एक सदस्य लक्ष्मीनाथ शर्मा भन्नुहुन्छ ।

छनौट भएका नेपाली सिनेमाबाहेक लिथुवानीयाँका चार सिनेमाहरु महोत्वसमा देखाइने छ । आज सुरु भएको महोत्सव भोलि सम्म चल्ने छ ।

No comments:

Post a Comment

malai man paryo