जेठ १४ अगावै लडाकु समायोजनको खाका आउँछः प्रधानमन्त्री

- प्रधानमन्त्री झलनाथ खनालले जेठ १४ अघि नै समयोजनमा जाने माओवादी लडाकुको संख्या सहितको सेना समायोजन तथा पुनस्थापना सम्बन्धी खाका आउने बताएका छन् ।
शान्ति र संविधानकाका लागि भन्दै रिपोर्टर्स क्लबले ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्री खनालले जेठ १४ गते अघिनै लडाकु समायोजनको मोडालिटी, मापदण्ड, पुनस्थापनाको विधि र समायोजन हुने लडाकुको संख्यासहितको खाका आउने बताएका हुन्।
'दलहरुवीच घनिभूत छलफल भईरहेको छ केही दिनभित्रै यसमा सहमति बन्छ तर मलाई नसोध्नुस छलफल कहाँ र कसरी भईरहेको छ?' उनले भने ।
उनले संविधान सभाको म्याद थप्ने दिन अघिनै संविधान निर्माणको विषयमा पनि ठोस सहमति हुने दावी गरे । दलहरुवीच रहेको मत भिन्नतालाई कम गर्न, संविधानको मस्यौदा तयार पार्न, जनतामाझ जान, जनतामा छलफल गराउन, सुझाव संकलन गरेर एकीकृत मस्यौदा तयार पार्न र त्यसलाई संविधानसभाबाट पारित गर्न आवश्यक समयको आधारमा संविधानसभाको म्याद थपिने समेत स्पष्ट पारे ।

No comments:

Post a Comment

malai man paryo