
थापाका अनुसार चितवन, गोरखाका प्रमुख जिल्ला अधिरकारी, मनकामना क्षेत्र विकास समिति, पुजारी, गाविस लगायत सरोकारवाला निकायले अर्को व्यवस्था नभएसम्मका लागि तीन बर्ष अघिबाट मन्दिरमा परेवा उडाउन नपाइने निर्णय गरेको थियो । कतिपय भक्तजनहरुले भने उक्त निर्णय थाहा नपाई परेवा ल्याई उडाउँदै आएका थिए । साथै मन्दिर वरपरको क्षेत्रमा परेवाको व्यापार समेत गर्न नपाइने नियम समितिले लागु गरेको थापाले बताईन । उनका अनुसार धेरैले लुकिछिपि परेवाको व्यापार गर्ने गरेको पाइएकाले अबका दिनमा भेटिएमा कारबाही गर्ने निर्णय समेत समितिले गरेको छ ।
'परेवाकै फोहोरले हैंजा आउने खालको वाताबरण सृजना भएपछि पुर्ण रुपमा कडाई गरेका हौं,' उनले भनिन्, 'धेरैले उडाउन नपाइने नियम थाहा नभएको गुनासो गर्न थालेपछि केहि दिनमा सार्वजनिक रुपमै देशभरी सूचना जारी गर्ने तयारी गरेका छौं ।'
No comments:
Post a Comment
malai man paryo