देशमा रहेको अती धनी र अती गरीब बीचको अती बिशाल खाडल हटाउने,देशमा क्रान्तिकारी परिवर्तन गरि दश बर्षमै स्विजरल्यान्ड बनाउने,नयाँ विचारधाराको जनतामा निहित सम्विधान बनाउने, साम्यवाद लागु गर्ने आदि वुलन्द आवाजका साथ राजनैतिक क्षेत्रमा होमिएका सम्यवादी दल भनाउदा दलका अगुवाहरु पनि अहिले शक्तिकेन्द्रमा पुगेपछि विभिन्न तस्करी, भ्रस्टचार, कानुनको उल्लङ्गन जस्ता अनैतिक र गैरजिम्मेवरी पूर्ण काममा मुछीइरहेका छन, त्यसैले उनिहरु बाहिर निस्कनुको अलवा कानुनको हतकडी आफ्नै आगनमा आइपुग्योकी भनेर महलको आँखीझ्यालबाट चिहाइरहेका छन् । देशमा व्यप्त प्रचिन र रुढिवादी परम्परा तोड्दै नयाँ प्रगतिशिल चेतना जनतामा छर्नु त कहाँ हो कहाँ उल्टै आफ्ने उद्देस्य बिर्सेर आफ्ने स्वार्थी दाएराबाट बाहिर सम्म आउन सकेका छैनन् । जनताले दिएको जनादेश विर्सेका छन्, आफू उठेको आधारशिला र उठाउने जनतालाई पुरै लत्याएका छन् । त्यसैले पाएको जनादेश र उद्देस्यको लिकमा जबसम्म उनिहरु आउदैनन तवसममा मुलुकमा व्याप्त सङ्कटग्रस्त अवश्थाबाट राष्ट्रले मुक्त्ती पाउँदैन भन्ने यो पङ्तिकारको ठम्याइ छ ।
यिनै व्याप्त कुक्रित्य र मनपरिका कारण आजकाल जनताको सहने सीमा तोडिन थालेको उदाहरणहरु यदा कदा देखा पार्न थालेका छन् । जस्को लक्षण हो नेतालाई हाकाहाकी चट्कन हान्ने क्रम,यो प्रक्रिया दोस्रो पटक सम्म दोहोरीइसकेको छ । अझै पनि राष्ट्रका पहरेदरहरुले आफ्नो जिम्मेवारी सजकताका साथ नसम्हाले सम्म यो क्रम जारी रहन सक्छ तबकी अन्तिम घडिमा नेतालाई चट्कन हान्न जनतालाई चटारो पर्ने छ साथै जनाताबाटै हानिएको अपुर्ण र अविकसित सम्विधानको आक्रोसित झटारो नेताकै अनुहारमा पर्ने छ, जुन जनताको आक्रोसको पराकास्टा हुनेछ । जस्को जिम्मेवरी पनि उनिहरुलेनै लिनुपर्ने छ ।
आनन्द भट्टराई "गाउँले"
sarai ramro b4 .
ReplyDelete