अमेरिका द्वारा डीभी चिट्ठाको सबै नतिजा रद्ध

अमेरिकाले यसै महिना सार्वजनिक भएको सन् २०१२ को डाइभसिर्टी भिसा (डीभी) चिट्ठाको सबै नतिजा रद्ध गरेको छ । कम्प्युटर प्रोग्रामिङ भएको खराबीका कारण नतिजा रद्ध गर्नु परेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यससँगै डीभी चिट्ठा कसैलाई परे पनि नपरे पनि यसले मान्यता पाउँदैन ।


तर, आवेदकहरुले फेरि नयाँ फर्म भने भर्नुपर्ने छैन । नयाँ चिट्ठा प्रक्रिया गरी आगामी जुलाई १५ तारिखमा अर्को नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको दूतावासले जनाएको छ ।

गत वर्षको अक्टोबर ५ देखि नोभेम्बर ३ तारिखसम्म भरिएका आवेदनहरुबाट नतिजा निकालिएको थियो । डीभी भर्दा प्राप्त कन्फरमेसन नम्बर भने वैध रहेको त्यही नम्बरबाटै नयाँ नतिजामा आफ्नो नाम परेको नपरेको खोज्न मिल्ने बताइएको छ ।

No comments:

Post a Comment

malai man paryo