अमेरिकाले लादेनको भिडियो सार्वजनिक गर्‍यो।

अलकायदा माथि अन्तिम समयसम्म ओसामा विन लादेनको नियन्त्रण र सक्रियता रहेको अमेरिकी अनुसन्धान विभागका एक अधिकारीले दावी गरेका छन् ।
 पाकिस्तानको एवटावादस्थित जुन घरमा लादेन लुकी बसेका थिए त्यहीवाट संगठनको संचालन र नियन्त्रण हुने गरेको ती अधिकारीको दावी छ । लादेन आफ्नो ज्यान जोगाउन भागिरहेको र पछिल्लो समय अलकायदासंग उनको सिधा सम्बन्ध नरहेको भन्ने यसअघि आएका भनाईको ठीक विपरित ती अधिकारीको दावी आएको विविसीले जनाएको छ । अलकायदा माथि लादेनको प्रत्यक्ष नियन्त्रणका विषयमा अमेरिकी अधिकारीका तर्फवाट पहिलोपटक यस्तो धारणा आएको हो ।
यसैवीच अमेरीकाले एवटावादस्थित लादेनको आश्रयस्थलवाट प्राप्त केही भिडियो सार्वजनिक गरेको छ । ती मध्ये एक भिडियोमा लादेन अरवी च्यानलमा आफ्नो बारेमा आईरहेको एक कार्यक्रम हेरिरहेको दृष्य छ । वासिंगटनस्थित पेन्टागनमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको भिडियो मध्ये एकमा लादेनले अमेरिकाको नाममा एक भिडियो सन्देश तयार गरिरहेको बताईएको छ । अमेरिकी कारवाहीका विषयमा विभिन्न शंका उपशंका समेत भइरहेका वेला लादेनको मृत्यु भएको पुष्टि गर्नका लागि अमेरिकी प्रशासनले भिडियो सार्वजनिक गरेको विविसीले जनाएको छ । सन २००७ पछि सार्वजनिक भएको लादेनको यो पहिलो भिडियो हो ।
यसअघि शुक्रवार अल कायदाले आफ्ना नेता बीन लादेन मारिएको औपचारिक रुपमा पुष्टी गरेको थियो । बीन लादेनको मृत्युसँगै अल कायदाले अमेरिका विरुद्ध कारवाहीको चेतावनी पनि दिएको छ । विगतमा लादेन र अल कायदाको बारेमा समाचार प्रकाशित गरिरहने एक वेभ साइटमार्फत् अल कायदाले लादेन मारिएको जनाएको हो ।

No comments:

Post a Comment

malai man paryo