मातातीर्थ औसी

 मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन । जन्म दिने आमालाई खुशी पार्न  लत्ता कपडा, मीठाईसहित छोराछोरीहरुले आमाको मुख हेर्ने प्रचलन छ । 
राजधानीको मातातीर्थमा विशेष मेला लाग्ने गर्दछ । आमाको मुख हेर्नका लागि लत्ता कपडा र मीठाइ आवश्यक पर्ने भएकाले विहानैदेखि कपडा र मीठाइ पसलमा ग्राहकहरुको घुइँचो लाग्ने गरेको छ । आमा नहुनेहरुले आज मातातीर्थमा गई स्नान गर्ने प्रचलन रहेको छ ।
विश्वमा आमाको प्रशंसामा जति सायद अरुको बारेमा कमै लेखिएको होला । रुसका म्याक्सीम गोर्की हुन् वा नेपालका सिद्धिचरण श्रेष्ठ,कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद रिमाल लगायतका धेरै साहित्यकारहरुले आमाको प्रशंसामा लेखेका रचनाहरु निकै लोकप्रिय छन् ।

No comments:

Post a Comment

malai man paryo