कोरियामा स्थापित सस्थालाई चुनौती दिदै रोजगारीको शिलसिलामा दक्षिण कोरिया आएका कला तथा साहित्य प्रेमी नेपालीहरुको सकृयतामा क्रियटिभ नेपाली समाज नामक नयाँ सस्थाको स्थापना भएको छ ।
कोरियामा रहेका नेपालीहरुको यावत समस्यालाई समाधान गर्दै कला र साहित्यको माध्यामबाट समाज परिवर्तन गरौँ भन्ने मूल नाराका साथ सिर्जना नेपालीको अध्यक्षतामा उक्त सस्था स्थापना भएको हो ।
मे १ अर्थात मजदूर दिवसका दिन सस्था स्थापनाका लागि सदेमुन स्थित एम टि यूको सभाहलमा आयोजना गरिएको भेलामा कोरियामा कृयाशिल नेपाली संघ सस्थाका प्रमुखहरु लगायतका नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । संयोजक सिर्जना नेपालीको सभापतित्व तथा समाज सेवी मनोज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाली सम्पर्क समितिका अध्यक्ष डेबीड राई जनजाती महासंघका अध्यक्ष चङ कुमार गुरुङ कोरिया स्थित विभिन्न पेशामा आवद्ध रहेका स्थानिय नेपाली कलाकारहरु लगायत राजनीतिक समाजिक तथा क्षेत्रिय संघ सस्थाका प्रमुखहरुले सस्थाको उदेश्य अनुरुप नेपाल र नेपालीको हितमा सहिष्णुता कायम गर्दै अगाडि बढ्न सकोस भनि नव स्थापित सस्थालाई शुभकामना ब्यक्त गरेका थिए ।
कि्रयटिभ नेपाली समाज नामक नयाँ सस्था स्थापनाका लागि कोरियाको विभिन्न पेशामा आवद्ध रहेका स्थानिय नेपालीहरुको भेलाले सिर्जना नेपालीको अध्यक्षतामा १५ सदस्य कार्य समिति चैन गरेको छ ।
सस्था स्थापना र यसको उदेश्य बारे नव स्थापित सस्थाकी अध्यक्ष शिर्जना नेपालीले भनिन् यो सस्था कोरियामा रहेका नेपालीहरुको सर्वोपरी हितमा समरपित हुँने छ । सस्थाले नेपाली कला र सस्कृतिलाई संरक्षण गर्नुको साथै संगितको माध्यमबाट आपसी मेलमिलाप तथा सहिष्णुता कायम गराउँन महत्वपूर्ण भूमिका खेल्ने छ । उनले भनिन् हामी निकट भविष्यमै ट्यालेन्ट सो कार्यक्रमको आयोजना गरेर कोरियामा रहेका कला साहित्य तथा गित नृत्यमा पोख्त प्रतिभाशाली ब्यक्तिहरुको खोजी गर्ने छौँ । यिनै प्रतिभावान कलाकारहरुको सहयोगमा नेपाल पर्यटन वर्ष २०११को प्रचार प्रसार गर्न नेपाल दिवस कार्यक्रमको आयोजना गर्नै लक्ष राखेका छौँ । अध्यक्ष नेपालीले भनिन् कोरियामा रहेका समस्याहरुलाई सबैले मिलेर समाधान गर्नु पर्छ । जल्दो बल्दो समस्याकारुपमा अहिले बैवाहिक भिषामा कोरिया आएका नेपाली महिलाहरु तथा इपिएस प्रणालीबाट आएकाहरुको मुख्य समस्या रहेको छ । अन्य समस्याहरु पनि धेरै छन् उनिहरुको समस्या पहिचान गरि सहयोगका लागि नेपाली दूताबास लगायतका आधिकारिक निकायमा पहल गर्ने योजना रहेको बताइन् ।
No comments:
Post a Comment
malai man paryo