Showing posts with label साहित्य. Show all posts
Showing posts with label साहित्य. Show all posts

उठेको बस्ती-गजल

बुद्धि मोक्तन
दक्षिण कोरिया

उठेको बस्ती बसाउँछु म आमा !
टुटेको दिल हसाउँछु म आमा !

फुटेको छ नी ,त्यो भाइचारा हाम्रो
बटुली फेरि टसाउँछु म आमा !

लुटेर लागे स्वाभिमानको थैली  
चेताना छरी डसाउँछु म आमा !

बस्तीका बैरी नउम्किउन  भन्न 
नीतिमा टन्न कसाउँछु म आमा!  

फुटेको धर्ती अनाबृष्ट्रि माथी  
जोतेर दाना खसाउँछु म आमा !

सुकेको जीर्ण सदभावको जरा
फुटेर मुल रसाउँछु म आमा !


धारावाहिक कथा - "साहिलीबज्यै"

साहिलीबज्यै -२"         साहिलीबज्यैको भूमिका नेपालमा  यू एन को भूमिका भन्दा प्रभावकारी भयो, त्यो मङ्गलेको घरलाई । अघी भखर ग्रिहयुद्धको चरम बिन्दुमा पुगेको मङ्गलेको घर अब बिस्तारै शान्ति ,सदभाव र मिलन तर्फ उन्मुख भयो ।
  साहिलीबज्यै उठेर घरतिर लागिन । मङ्गले बिस्तारै मङ्गलीको छेउमा पुग्यो । छताचुल्ल छरिएका मङ्गलीको केशलाई बिस्तारै सुम्सुम्याउदै बोल्यो," कस्तो दैबको जस्तो ब्यबहार गरेछु मैले ?उठ अब तैले मात्र होईन हामी दुबै मिलेर खाना बनाउ अनी सगै बसेर खाउ । अब जिवनमा कहीले पनि यी हातहरु
तेरो शरिर  माथी प्रहार हुने छैन । "मङ्गलेले यति भनि सक्दा मङगली मुन्टो निहुराइ रहेकी थी । फेरि मङ्गलेले मङगलीको केश अली कडा रुपले समात्यो र आफु तिर तान्यो । मङग्लीको मुहार आफुतिर फर्किन्दा उस्का नाकबाट रगत बग्दै थियो । छेवैको थाङ्नाले मङगेलेले मङ्गलीको नाक पुछपाछ पारि दियो अनी फेरि मङ्गलीको कानैमा आफ्नो मुख जोतेर भन्यो,
"हेर ! यो रगतको मुल्य म चुक्ता गर्ने छु ,तर भन्न सक्दिन .....यहाँ हजारौं रगत बगेका छन् कसैको रगतको पनि मुल्य कसैले चुक्ता गर्न सक्दैन। म तेरो जिवनको आधा भाग आज यो हामी बीचको झगडा तेसैले निम्त्याएको हो जो हामी सग छैन । तेरो शरिरबाट बगेको आजको रगत मेरो लागी तागत ...अनी
साहिलीबज्यैको मार्गदर्शन यी दुई कुराले म यो हाम्रो घरको परिवर्तन्को बाटो खोल्नेछु । त्यो बाटोमा तो  र म अनी यो समाज सुखी हुनेछ । "मङ्गलेको  सबै कुरा त मङगलीले पकै बुझिन होला तर उस्ले एउटै कुराको
हेक्का राखी त्यो हो "सुख अनी  सुखि" । सुख  र सुखी दिन आउछ भने कस्को मन
ढुङ्गाको हुन्छ र झन मङगली त एक नारी..... ।
    मङ्गलीले बैस्तारै मङगलेको हात समाइ अली अली कापेको शरीर र  ओठले लर्बराउदै शब्द ओकली ," तिमीले साह्रै पिटेउ ,धरै दुख्यो अब कहीले पनि पिटदिन भन ,अनी मुग्लान गएर सुन र पैसा ल्याउछ भन मेरो यो दुखाइ सबै बिर्सी दिन्छु , यो घर म थाम्छु ,तिमीले ल्याएको पैसाले हामी ठुलो घरबनाउला ।"

बस्ती छाडी हिंडी दिन्छु

बस्ती छाडी हिंडी दिन्छु 
बिकास को बोट रोपौं यदि फल्छ भने
रोपेर नी अर्थ हुन्न बेला टल्छ भने

परिश्रम गर्‍यो भने स्वर्ग बन्छ यहि
बगाई दिउँ पसिना माटो  गल्छ भने

नबसौं है युवा हामी हात खुट्टा बाँधी
सत्कर्म मा लागौं अझैं मुटु चल्छ भने

मरी लानु केही छैन तेरो मेरो किन ?
अर्ती दिनु ब्यर्थै हुन्छ ज्ञान ढल्छ भने

यो बस्ती को लागि मैले सबै त्याग गर्छु
बस्ती छाडी हिंडी दिन्छु दियो बल्छ भने

अज्ञात पाल्पाली