धारावाहिक कथा - "साहिलीबज्यै"

साहिलीबज्यै -२"         साहिलीबज्यैको भूमिका नेपालमा  यू एन को भूमिका भन्दा प्रभावकारी भयो, त्यो मङ्गलेको घरलाई । अघी भखर ग्रिहयुद्धको चरम बिन्दुमा पुगेको मङ्गलेको घर अब बिस्तारै शान्ति ,सदभाव र मिलन तर्फ उन्मुख भयो ।
  साहिलीबज्यै उठेर घरतिर लागिन । मङ्गले बिस्तारै मङ्गलीको छेउमा पुग्यो । छताचुल्ल छरिएका मङ्गलीको केशलाई बिस्तारै सुम्सुम्याउदै बोल्यो," कस्तो दैबको जस्तो ब्यबहार गरेछु मैले ?उठ अब तैले मात्र होईन हामी दुबै मिलेर खाना बनाउ अनी सगै बसेर खाउ । अब जिवनमा कहीले पनि यी हातहरु
तेरो शरिर  माथी प्रहार हुने छैन । "मङ्गलेले यति भनि सक्दा मङगली मुन्टो निहुराइ रहेकी थी । फेरि मङ्गलेले मङगलीको केश अली कडा रुपले समात्यो र आफु तिर तान्यो । मङग्लीको मुहार आफुतिर फर्किन्दा उस्का नाकबाट रगत बग्दै थियो । छेवैको थाङ्नाले मङगेलेले मङ्गलीको नाक पुछपाछ पारि दियो अनी फेरि मङ्गलीको कानैमा आफ्नो मुख जोतेर भन्यो,
"हेर ! यो रगतको मुल्य म चुक्ता गर्ने छु ,तर भन्न सक्दिन .....यहाँ हजारौं रगत बगेका छन् कसैको रगतको पनि मुल्य कसैले चुक्ता गर्न सक्दैन। म तेरो जिवनको आधा भाग आज यो हामी बीचको झगडा तेसैले निम्त्याएको हो जो हामी सग छैन । तेरो शरिरबाट बगेको आजको रगत मेरो लागी तागत ...अनी
साहिलीबज्यैको मार्गदर्शन यी दुई कुराले म यो हाम्रो घरको परिवर्तन्को बाटो खोल्नेछु । त्यो बाटोमा तो  र म अनी यो समाज सुखी हुनेछ । "मङ्गलेको  सबै कुरा त मङगलीले पकै बुझिन होला तर उस्ले एउटै कुराको
हेक्का राखी त्यो हो "सुख अनी  सुखि" । सुख  र सुखी दिन आउछ भने कस्को मन
ढुङ्गाको हुन्छ र झन मङगली त एक नारी..... ।
    मङ्गलीले बैस्तारै मङगलेको हात समाइ अली अली कापेको शरीर र  ओठले लर्बराउदै शब्द ओकली ," तिमीले साह्रै पिटेउ ,धरै दुख्यो अब कहीले पनि पिटदिन भन ,अनी मुग्लान गएर सुन र पैसा ल्याउछ भन मेरो यो दुखाइ सबै बिर्सी दिन्छु , यो घर म थाम्छु ,तिमीले ल्याएको पैसाले हामी ठुलो घरबनाउला ।"

'चट्कनको चटारो सम्बिधानको झटारो'

वर्तमान नेपाल एक संकटग्रस्त राजतितिक अवस्थामा गुज्रिरहेको कुरा आम जनतामा दुई मत नहोला । उसोत इतिहासका विभिन्न कालखण्डमा पनि नेपालले यस्तै नियती भोग्दै आइरहेको छ । कहीले राजनैतिक, कहीले सामाजिक, कहीले धार्मिक इत्यादी । अझ भन्दापनी सवैभन्दा पछिल्लो नेपालको राजनैतिक अवस्था गन्तव्य विनाको यात्रा जस्तै भएको छ । हुनत गन्तव्य सम्विधान बनाउने र शान्ति प्रक्रिया टुङ्गो लगाउने हो । तर हरेक पटक तोकिएको मिती सारिन्छ भने यस्को गन्तव्य कस्ले ठोकुवा गर्न सक्छ ? यहि अवस्थाले गर्दा देशको अर्थतन्त्र नाजुक बन्दै गैरहेको छ भने शक्ति भन्दा बाहिरको शक्तिले शक्तिवालाको शक्ति हत्याउने प्रयत्न गरिरहेको छ । सम्विधान सभाको आयु सकिन थोरै दिन मात्र बाँकी हुँदा पनि राजनैतिक दलहरु आपसी सत्ताको लुछाछाडीमै अल्झिरहेका छन् भने भर्खर मात्र पूर्व पञ्चहरुले उनिहरुको पक्षबाट २०४७ सालको सम्विधान पुन:स्थापना भएको घोषणा गरे । यसले के देखिन्छ भने पूर्व राजसँस्थाका लाउकेहरुको दर्हो साँठ गाँठ वर्तमान राष्ट्रका टाउकेहरु सँग रहेको अनुमान गर्न सकिन्छ ।

मनकामना मन्दिरमा परेवा उडाउन नपाइने

मनकामना क्षेत्र विकास समितिले मनकामना मन्दिरमा परेवा नउडानका लागि कडाई गरेको छ ।
लामो समयदेखि भक्तजनले उडाएको परेवाका कारण मन्दिर वरपरको क्षेत्र दुर्गन्धित र फोहोर भएको भन्दै समितिले परेवा नउडाउनका लागि ६५ सालमा गरेको निर्णयमा कडाई गरेको हो । हिजोआज परेवा लिएर आउने भक्तजनलाई चितवनको कुरिनटारस्तीत केवलकार स्टेशनमै रोकिदिने गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् । 'धेरैले परेवा उडाउन नपाइने निर्णय थाहा नभएको भन्दै लिएर आउने गरेका थिए । जसले गर्दा केहीले उडाउने गरेका थिए' उनले भनिन्, 'तर, परेवा राख्ने खोर नभएको र त्यसको फोहोरले मन्दिर वरपरको क्षेत्र निकै दुर्गन्धित हुने गरेकाले यो महिनावाट लागु हुने गरी परेवा कुनै हालतमा उडाउन नदिने गरी सबैतिर कडाई गरेका छौं ।'

जेठ १४ अगावै लडाकु समायोजनको खाका आउँछः प्रधानमन्त्री

- प्रधानमन्त्री झलनाथ खनालले जेठ १४ अघि नै समयोजनमा जाने माओवादी लडाकुको संख्या सहितको सेना समायोजन तथा पुनस्थापना सम्बन्धी खाका आउने बताएका छन् ।
शान्ति र संविधानकाका लागि भन्दै रिपोर्टर्स क्लबले ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्री खनालले जेठ १४ गते अघिनै लडाकु समायोजनको मोडालिटी, मापदण्ड, पुनस्थापनाको विधि र समायोजन हुने लडाकुको संख्यासहितको खाका आउने बताएका हुन्।
'दलहरुवीच घनिभूत छलफल भईरहेको छ केही दिनभित्रै यसमा सहमति बन्छ तर मलाई नसोध्नुस छलफल कहाँ र कसरी भईरहेको छ?' उनले भने ।

फिल्म फेस्टिभलमा छानिए नेपाली सिनेमा

नेपाल र लिथुवानीयाँबीचको साँस्कृतिक आदानप्रदानको क्रममा भैरहकेको सिने महोत्सवमा वर्ष २०६७ मा रिलिज भएका तीन नेपाली सिनेमाहरु छानिएका छन् । किशोर राना, लक्ष्मीनाथ शर्मा र रमेश बुढाथोकी रहेको जुरी टोलीले नेपालका तीन सिनेमा र एक डकुमेन्ट्री छानेको हो ।

छानीएका तीन चलचित्रहरु 'बाटोमुनिको फूल', 'पटाचारा' र 'दासढुङ्गा' हुन् भने नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर राखेर 'एडभेन्चर एन्ड एट्रेक्सन इन नेपाल' नामक डकुमेन्ट्रि पनि छनौट भएको छ । 'बाटोमुनिको फूल'मा जातीय विभेदमा अस्विकृत हुने प्रेम लगायतका पारिवारिक सम्बन्धका कुरा छन् । चलचित्रमा यशकुमार नायकका रुपमा देखिएका छन् जसलाई छुवाछुतले पिरोलेको हुन्छ ।

अमेरिका द्वारा डीभी चिट्ठाको सबै नतिजा रद्ध

अमेरिकाले यसै महिना सार्वजनिक भएको सन् २०१२ को डाइभसिर्टी भिसा (डीभी) चिट्ठाको सबै नतिजा रद्ध गरेको छ । कम्प्युटर प्रोग्रामिङ भएको खराबीका कारण नतिजा रद्ध गर्नु परेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यससँगै डीभी चिट्ठा कसैलाई परे पनि नपरे पनि यसले मान्यता पाउँदैन ।

हाम्रो देशको सैक्षिक पुर्बाधरहरु यस्ता छन ।

सबैले हेर्नै पर्ने - त्रिशुली नदी तरेर माध्यामिक तह पढ्न जाँदै गरेका विद्यार्थीहरु।